काठमाडौं उपत्यका सम्भावना र चुनौति दुवै बोकेको राजधानी हो । काठमाडौं उपत्यका विश्वकै रमणीय सहर मध्ये एक हो । काठमाडौं जिल्ला वरिपरि रहेका रमणीय हिमालका टाकुराहरु, हरियाली वनजंगल, प्राकृतिक सुन्दरतासँगै विश्व सम्पदा सुचीमा सुचिकृत नेपालका १० वटा सम्पदा मध्ये काठमाडौं उपत्यकामा ७ वटा सम्पदा रहेका छन् । काठमाडौं जिल्ला र विभिन्न सेवा सुविधा तथा अवसरहरु भएकोले यहाँको जनसंख्या दिनानुदिन तीव्र गतिमा वृद्धि भएको अवस्था देखिन्छ । जनसंख्या वृद्धिले विभिन्न किसिमका प्राकृतिक स्रोत साधनको अत्याधिक दोहन हुनुका साथै विभिन्न किसिमका प्रदुषण बढी धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदामा पनि ह्रास आउने, प्राकृतिक प्रकोप बढ्ने जस्ता समस्या आउने, मानिसको सामान्य जीवनयापन गर्न कठिन लगायतका रोग र भोकले मानव समुदायमा जटिल समस्या सिर्जना हुन्छ। यसमा अहिलेको परिस्थितिमा ह्रास आउने क्रम भएको, विकास निर्माण लगायतका पक्षहरु पनि सन्तोषजनक नभएको देखिन्छ ।
काठमाडौं जिल्लाका भौतिक योजना बनाउने, ल्याण्डपोलिङ गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, हरियाली पार्क निर्माण गर्ने, ढल व्यवस्थित गर्ने, खानेपानी व्यवस्थापन गर्ने, सार्वजनिक जग्गाको सदुपयोग, संरक्षण र उपयोग गर्ने, विभिन्न आयोजनाहरु सञ्चालन गरी सम्पन्न गरेको केही आयोजना बन्दै गरेको र केही आयोजना निर्माण गर्ने कार्यमा काठमाडौं जिल्ला व्यस्त रहेको देखिन्छ ।
जग्गा एकीकरण अन्तर्गत सञ्चालित आयोजनाहरु :
- डल्लु आवास आयोजना
- नयाँ बजार जग्गा एकीकरण आयोजना
- गोंगबु जग्गा एकीकरण आयोजना
- चावहिल गोपीकृष्ण जग्गा एकीकरण आयोजना
- सिनामंगन जग्गा एकीकरण आयोजना
जग्गा विकास कार्यक्रमको अवस्था :
. हाल सञ्चालनमा रहेका आयोजनाहरु
- बाग्मती नगर जग्गा एकीकरण आयोजना
- धोवीखोला करिडोर पूर्वाधार सुधार आयोजना
- दिव्यश्वरी जग्गा एकीकरण आयोजना